झापाका ७६ सहित थप २५०८ जनामा कोरोना
विर्तामोड । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ५ सय ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ९ सय ७६ महिला र १ हजार ५ सय ३२ पुरुष छन्।
प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १३, झापामा ७६, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा १ सय ३८, संखुवासभामा ३, सोलुखुम्बुमा १ र सुनसरीमा ७६ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १८, पर्सामा ५, बारामा २१, महोत्तरीमा ५, रौतहटमा २७, सप्तरीमा २०, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय १३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ७४, चितवनमा १ सय ९, दोलखामा २२, धादिङमा ८, नुवाकोटमा ३९, भक्तपुरमा ४९, मकवानपुरमा ५, रसुवामा ११, रामेछापमा ३, ललितपुरमा १ सय ९५, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय ९, गोरखामा ७, तनहुँमा २७, नवलपरासी पूर्वमा १०, पर्वतमा २, लमजुङमा ३, बागलुङमा १६ र स्याङजामा ७ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको कपिलवस्तुका ११, गुल्मीका ३, दाङका ४६, नवलपरासीका १६, पाल्पाका १, प्युठानका ३, बर्दियाका १७, बाँकेका ३५ र रुपन्देहीका ७५ जना छन्।
यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, डोल्पामा १, दैलेखमा ९, सल्यानमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा २, डडेल्धुरामा ३, डोटीमा ३, दार्चुलामा ५ र बझाङमा १४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।