असार १८, २०८२ बुधबार

म्याराडोनालाई विश्वभरबाट बधाई

एजेन्सी । विश्वभरका खेलकुद जगतले अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनालाई शुभकामना तथा वधाइ दिएका छन् । उनी शनिबार ६० वर्ष पुगेका छन् । ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सामाजिक इन्स्टाग्राममा लेखेका छन्, “मेरो महान मित्र, म्याराडोनालाई म सदैव प्रशंसा गर्नेछु । म तपाईंलाई सदैव सहयोग गर्नेछु । तपाईको जीवन यात्रा लामो होस् । तपाई सधैं मुस्कुराउनुहोस् र मलाई पनि मुस्कान दिनुहोस । जन्मदिनको शुभकामना ।” 

म्याराडोनालाई १५० भन्दा बढी खेलाडी तथा खेलप्रेमीहरूले अभिवादन गरेको एक भिडियो स्पेनी जनसम्पर्क प्रतिनिधि रिची कास्टेलानोसले बनाएका छन् । एक घण्टाभन्दा बढीको भिडियोमा इटालियाली युभेन्टसका सुप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि रहेका छन् ।

म्यारोडोनाले मेक्सीकोमा भएको सन् १९८६ को विश्वकप फुटबलमा अर्जेन्टिनालाई विजयी बनाउँदै आफूलाई विश्वकै प्रसिद्ध खेलाडीको सूचीमा स्थापित गर्न सफल भएका थिए । यसैबीच म्याराडोनाले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार एक नयाँ परोपकारी कार्यक्रम “लास १० डेल १०” को सुरुवात गरेका छन् । कार्यक्रमले अर्जेन्टिनाका गरीब समुदायलाई खाद्यान्न, तथा स्वास्थ्य सामग्रीलगायतका सामान प्रदान गरिने बताइएको छ । 

प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]