थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुग्यो
बिर्तामोड । नेपालमा आज थप २ हजार ८२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ८२४ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घन्टामा ३६२० जना डिस्चार्ज भएका छन् ।