रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष भट्टराईलाई पितृशोक
बिर्तामोड । नेपाल अलौंची व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा रोटरी क्लव अफ बिर्तामोड अध्यक्ष निर्मल भट्टराईलाई पितृ शोक परेको छ ।

कोरोना संक्रमणका कारण भट्टराईका पिता देवीप्रसाद भट्टराईको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण भएपछि झण्डै दुई साताअघिदेखि विराटनगरस्थित विराट नर्सिङ्ग कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारको क्रममा आज विहान निधन भएको परिवारिक स्रोतले जनाएको छ । भट्टराई सहित बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।