बैशाख ३०, २०८२ मंगलबार

हल्लाले पार्टी फुट्दैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्ने हल्लाको पछाडी नलाग्न अपिल गर्नुभएको छ । उहाँले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको स्पष्ट पार्नुभएको हो । कोभिडले उब्जाएको परिस्थितिका कारण भेटघाट केही पातलो भएको उहाँको भनाइ थियो ।

ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न पुग्नु भएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कर्णाली प्रदेश र पछिल्ला समय भएका बैठकका विषयमा शनिवार कुराकानी भएको स्पष्ट पार्नुभयो । उहाले भेटमा प्रचण्डलाई पछिल्ला दिनमा केही मिटिङ चलिरहेकाले त्यो के का लागि र किन भन्ने प्रश्न आफुले गरेको बताउनुभयो ।

‘मैले सोधेको थिए, उहाँहरुको एक खाले मिटिङ चलिरहेकाले यी के गर्न खोजेको हो, के भईराख्या छ भनेर सोधेको थिए उहाँलाई’, शनिवारको भेटका विषयमा जानकारी दिदै उहाँले भन्नुभयो, ‘छलफल त भएको हो त्यस्तो केही होइन भनेर प्रचण्डले भन्नु भयो । कर्णाली प्रदेश र अलिकति जमघटको बारेमा कुराकानी भएको थियो । पार्टीलाई ठिक ढंगले अगाडी बढाउनुपर्छ भन्ने कुरा भएको थियो ।’

प्रचण्डले ओलीले पार्टी फुटाउन प्रस्ताव गरेको हल्ला फैलाईरहँदा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश र प्रचण्ड पक्षबीच पछिल्लो समय भईरहेको बैठकका विषयमा मात्र कुराकानी भएको स्पष्ट पार्नुभयो । 

प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]