काफ्ले परिवारमा मातृशोक
बिर्तामोड । टाइम्स मिडिया नेटवर्कका सञ्चालकद्वय युवराज काफ्ले र रमेश काफ्लेलाई मातृशोक परेको छ । उहाँहरुको आमा गायत्रादेवी काफ्लेको आज साँझ अर्जुनधारा–६ स्थित निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएर उहाँ उपचाररत हुनुहुन्थ्यो । केहि समयदेखि खुट्टामा समस्या भएर घरमै आराम गर्दै बस्नु भएकी आमा गायत्रादेवीको लक्ष्मीपुरस्थित निवासमा निधन भएको छोरा युवराजले जानकारी दिनुभएको छ । उहाँको श्रीमान गोविन्द काफ्ले, छोराहरु युवराज,रमेश, गणेश काफ्ले, छोरीहरु रञ्जना, सिर्जना र मञ्जु हुनुहन्छ । परिवारिक स्रोतका अनुसार मंगलवार कनकाई माईमा ११ बजे विहान दाह संस्कार गरिने छ ।