बैशाख ३०, २०८२ मंगलबार

मेचे र प्रसाई १७ वर्षका लागि जेल चलान, सवा करोड जरिवाना

बिर्तामोड । मानव अपहरण गरी शरिर बन्दक बनाएको र ज्यान मार्ने उधोग मुद्धामा मेचीनगर–१२ का नरेश मेचे जेल चलान भएका छन् । उनी विरुद्ध झापा जिल्ला अदालतले ०७५ फागुन २७ मा १७ वर्ष कैद र डेढ लाख जरिवाना तोकेको थियो ।

नरेश मेचे

सोहि समयदेखि फरार रहेका मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गत कार्तिक २ गते पक्राउ गरेको थियो । उनलाई झापा जिल्ला अदालतले कैद भुक्तानका लागि आइतवार फैसला सुनाएको छ । अदालतको फैसला बमोजिम उनलाई कारागार चलान गरिएको झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । मेचे र बजरंग पन्सारी अग्रवाल विरुद्ध सुनिल कुमार अग्रवालको जाहेरी थियो ।

यस्तै, बैंकिङ कसुर मुद्दामा कनकाई –३ बस्ने ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाई सजाय भुक्तानका लागि जेल चलान भएका छन् । भगवति ढुङगेको जाहेरीमा उच्च अदालत विराटनगरले १ महिना कैद र २५ लाख विगो सुनाएको थियो । प्रसाई कै नाममा अर्का सुरेन्द्र कुमार उप्रतीको जाहेरीमा १ महिना कैद र ९० लाख विगो सुनाइएइको थियो । प्रहरी प्रवक्ता थापाका अनुसार दुवै जाहेरीका आधारमा प्रसाईलाई सजाय भुक्तानका लागि पठाइएको छ । उनीहरु फरार थिए । लामो समय फरार रहेका दोषीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]