बैशाख ३०, २०८२ मंगलबार

झापामा बुधबार कोरोना संक्रमण भएका तीन जनाको मृत्यु

दमक। झापाको दमकमा दुईसहित झापामा बुधबार कोरोना संक्रमण भएका तीन जनाको मृत्यु भएको छ । दमक ५ की एक युवती कोठामा पंङ्खामा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

कोरोना पोजेटिभ भएर होम आईसुलेसनमा रहेकी २२ वर्षीय युवती मृत भेटिएपछि नेपालीको सेनाको टोली आएर उक्त शव उठाएको थियो । बिहान मृत भेटिए पनि नेपाली सेनाको टोली दिउँसोमात्र आएको थियो । नेपाल प्रहरीको टोली बिहानैदेखि घरलाई सिल गरेर सेनालाई पर्खेर बसेको बताईन्छ ।

यसैगरी दमक ३ का ६५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उपचारको क्रममा विराटनगरस्थित नाेवेल अस्पतालमा उहाँको मृत्यु भएको हो । योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको बताईएको छ ।
यसैगरी बुधबार नै झापाको मेचीनगर नगरपालिकामा पनि एकजनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । मेचीनगर १४ की एक महिलाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय झापाले बुधबार साँझ सार्वजनिक गरेको कोभिड विवरण अनुसार जिल्लामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]