बैशाख ३०, २०८२ मंगलबार

पाँच दिनपछिको बैठक पनि निष्कर्षविहीन

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार दिउँसो बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको छ।  

आजको बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँग पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल गर्न पार्टी बैठक बोलाउनु पर्ने माग गरेका थिए। 

‘प्रधानमन्त्रीले बुधबार राजीनामाबारे दिएको अभिव्यक्ति, प्रदेश १ का  नेता-कार्यकर्तासँग गरिएको जुम मिटिङबारे प्रचण्डले कुरा उठाउनु भयो,’  प्रचण्डनिकट स्रोतले भन्यो,‘पार्टी विवादबारे छलफल गर्न बैठक राख्यौं भन्नुभयो तर प्रधानमन्त्री त्यसमा  सहमत देखिनु भएन।’

नेकपामा पछिल्लो समय कर्णालीमा प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था  रअ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीले गरेको भेटलगायत विषयलाई लिएर विवाद चुलिएको छ। 

विवाद बढेपछि  पाँच दिनयता ओली-प्रचण्डबीच छलफल भएको थिएन।   

प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार  ३ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]