झापामा थप ७२ जनामा कोरोना पुष्टि
विर्तामोड । झापामा आज थप ७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापाका संक्रमित हुनेहरुको संख्या २४ सय ३४ पुगेको छ ।
आज झापाको विर्तामोडमा १९, भद्रपुर ११, मेचीनगर , शिवसताक्षी,कनकाई ३÷३ अर्जुनधारा ५, दमक २३, हल्दिवारी २, गौरादह , कमल, पालिका नखुलेको १÷१ जनामा कोरोना पुष्टि भएको हो ।