जलथल प्रहरीले समात्यो ६२ हजारको अवैध पटाका
विर्तामोड । अवैध रुपमा लुकाई छिपाई नेपाल भित्राइएको पटका प्रहरीले बरामद गरेको छ । प्रहरीले आज दिउँसो जलथलको चारकोसे जंगल क्षेत्रबाट ६२ हजार बराबरको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सूचनाका आधारमा हल्दिवारी –४ बाट प्रहरी चौकी जलथलले पटाका बरामद गरेको हो । आवश्यक कारवाहीका लागि पटाका जिल्ला प्रहरी कार्यालय भद्रपुर पठाइएको छ ।
