बैशाख २८, २०८२ आईतबार

एकीकृत भन्सार जाँच चौकी विराटनगरले संकलन गर्‍यो करीब ८ अर्ब राजस्व

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालू आर्थिक वर्ष २०७७/ ७८ को तीन महीनाको अवधिमा कुल रू.७ अर्ब ९३ करोड ३० लाख ४२ हजार राजस्व संकलन गरेको छ । यस अवधिमा कार्यालयले रू. १० अर्ब १ करोड १८ लाख ६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

संकलित राजस्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा यो अवधिमा कुल रू.८ अर्ब ९९ करोड ३८ लाख ९ हजार राजस्व संकलन गरेको थियो । राजंकव संकलनको हिसाबले हेर्दा गत वर्षभन्दा यस वर्ष सो अवधिमा रू.१ अर्ब ६ करोड ७ लाख ५८ हजारले कम हो भने चालू आर्थिक वर्षमा लक्ष्यको भन्दा रू.२ अर्ब ७ करोड ८७ लाख ६४ हजारले कम हो ।     
     
भन्सार कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजस्वमा भन्सार महसुल आयाततर्फ रू.३ अर्ब १७ करोड २ लाख ९२ हजार, मूल्यअभिवृद्धि कर रू.३ अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क रू. ४६ करोड ३७ लाख ८२ हजार, भन्सार महसुल निर्याततर्फ रू. ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क रू.२७ करोड ६३ लाख, भन्सारको अन्य आय रू. ९४ लाख ३६ हजार र पूर्वाधार कर रू. १८ करोड १४ लाख ४० हजार छन् । 

कार्यालयले चालू आर्थिक वर्षको तीन महीनाको शुरुको महीनामा १०० दशमलव १२ प्रतिशत प्रगति हासिल गरेको छ भने भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोज महीनामा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको बताएको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  ४ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]