बैशाख ३०, २०८२ मंगलबार

कोरोना संक्रमणबाट झापामा स्वास्थ्यकर्मीसहित २ जनाको मृत्यु

दमक। झापामा कोरोना भाइरस संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित दुई जनाको मृत्यु भएको छ । विर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिका की एक एक जना महीलाको शुक्रबार बेलुका र शनिवार विहान मृत्यु भएको हो ।

विर्तामोड नगरपालिका वडा नं। ६ की ४२ वर्र्षीया महिलाको शुक्रबार राती नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उनको राति ११ बजेतिर मृत्यु भएको जानकारी आएको बताइएको छ ।

यसैगरी झापा शिवसताक्षी नगरपालिकाकी एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनी स्थानीय एक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी समेत रहेकी ति महिलालाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि बिराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो ।

प्रारम्भिक चरणमा दमकस्थित लाईफलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएकी उनको उपचार हुन सकेको थिएन ।

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  ४ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]