बैशाख ३०, २०८२ मंगलबार

झापामा थप ७५ जनामा कोरोना, मृत्यू हुनेको संख्या ६१ पुग्यो

विर्तामोड । झापामा आज थप ७५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । चार जनाको मृत्यू भएको स्वास्थ्यक कार्यालय झापाले जनाएको छ ।

शनिवार दमकमा २७, गौरादह, अर्जुनधारा,बाह्रदशी १/१, विर्तामोड १४, शिवसताक्षी,बुद्धशान्ति २/२, कनकाई ५। भद्रपुर १३, मेनपा ३ र कमलमा ६ जनामा कोरोना पुष्टि भएको झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनका अनुसार २३ महिला सहित ७५ जनामा कोरोना पुष्टि भएको हो । आजसम्म झापामा संक्रमितको संख्या २५ सय ९ जना पुगेको छ । कोरोनाका कारण मृत्यू हुनेको संख्या ६१ जना पुगेको चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  ५ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]