बैशाख २६, २०८२ शुक्रबार

ला लिगा : रियल बेटिसमाथि बार्सिलोनाको सहज जीत

काठमाडौं । ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जीत हात पारेको छ ।

गए राति भएको खेलमा बेटिसलाई बार्सिलोनाले ५-२ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको २२ औं मिनेटमा बार्सिलोनाले पाहुना टिम विरुद्ध अग्रता बनायो । उसका लागि डेम्बेलेले गोल गर्न सफल भए ।

ग्रिजमनको पासमा डेम्बेलेले गोल गर्न सफल भए । पहिलो हाफको इन्जुरी समयमा रियल बेटिसले खेल बराबरी गर्न सफल भयो । दोस्रो हाफको अन्तिमसम भने बार्सिलोनाले गोल अन्तर ५-२ बनायो । जितपछि बार्सिलोनाको ६ खेलमा ११ अंक भएको छ । जसका कारण बार्सिलोना आठौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]