बैशाख ३०, २०८२ मंगलबार

८१ प्रतिशत कोरोनामुक्त

विर्तामोड । नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । 
 
वितेको २४ घन्टामा १० हजार ४२३ नमूना परीक्षणमा एक हजार ६७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् । 

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । 

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ८८७ पुरुष र ६२५ महिलासहित एक हजार ५१२ संक्रमित थपिएका छन् । प्रदेश १ मा ४९४, प्रदेश २ ७७, बागमती एक हजार ६९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ सङ्क्रमित थपिएका छन् । 
 
३५ हजार ४३५ सक्रिय सङ्क्रमित छन् । ती मध्ये ३६५ को आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८७ पुगेको छ । 
 
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् । मनाङ र बाजुरामा सक्रिय सङ्क्रमित छैनन् । 

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]