झापाको विरिङमा छठ पुजा आयोजना नगर्ने
विर्तामोड । झापाको विरिङ किनारमा भव्य रुपमा मनाइने छठ पर्व नमनाइने भएको छ । यो वर्षको छठ पर्व संस्थागत रुपमा खोला किनारमा आयोजना नगर्ने छठ समाज सेवा समिति बिर्तामोडका महासचिव मनोज रौनियारले जानकारी दिए ।

महामारीमा रुपमा रहेको काभिड–१९ लाई मध्यनजर गर्दै सरकारको निर्देशन बमोजिम सो कार्यक्रम आयोजना नगरिने रौनियारको भनाई छ । छठ समाज सेवा समितिले हरेक वर्ष विरिङमा छठ पुजा आयोजना गर्दै आएको थियो । छठ पुजामा भीडभाड हुने भएकाले थप जोखिम बढ्न नदिन यो वर्ष ब्रतालुलाई घरमै पुजापाठ गर्न आग्रह गरिएको छ । यता, विराटनगरमा भने छठ पुजा गर्न पाउनुपर्ने माग गरिएको छ ।