झापामा थपिए ६० संक्रमित : होम आइसोलेसन बसेका बिर्तामोडका ९२ वर्षीय बृद्धको मृत्यू
विर्तामोड । सोमवार झापामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
मृत्यू हुनेहरुमा दमकका ४२ वर्षीय पुरुष र विर्तामोड ४ का ९२ वर्षीय बृद्ध रहेका छन् । बृद्ध होम आइसोलेसनमा बसेका थिए ।
आज संक्रमित भएका ६० जनासहित झापामा संक्रमितको संख्या २६ सय ४९ पुगेको छ । मृतकको संख्या ६६ पुगेका स्वास्थ्य कार्यालय झापामा फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । संक्रमित सबै स्थानीय हुन् । आज दमकमा १८ र विर्तामोडमा १२ जनामा कोरोना पुष्टि भएको छ ।