जेष्ठ २, २०८२ बिहीबार

विर्तामोडसहित चार नगरपालिका रेडजोनमा

विर्तामोड । झापामा कोरोना संक्रमण शुरुआत हुँदा ‘हटस्पट’ बनेको कचनकवल गाउँपालिकामा अहिले शान्ति छ । शुरुआतमा कोरोनाले कचनकवलमा आतंकित बनाए पनि पछिल्लो समय संक्रमण दर घट्दो छ । जिल्ला मै पहिलो पटक कचनकवलमा एक सय संक्रमित पुगेको थियो । स्वास्थ्य कार्यालय झापाले सोमवार उपलब्ध गराएको विवरण अनुसार कचनकवलमा संक्रमितको संख्या अहिले १ सय ५८ पुगेको छ ।

तथ्याङक अनुसार जिल्लाको चार वटा स्थानीय तहमा संक्रमण दर उच्च देखिएको छ । संक्रमण दर अनुसार झापामा चार पालिका उच्च जोखिममा परेका छन् । उच्च जोखिममा दमक, विर्तामोड,भद्रपुर र मेचीनगर रहेको छ । दमकमा ६४०, विर्तामोड ४३७, भद्रपुर ३१९ र मेचीनगरमा २८६ संक्रमित रहेका छन् । जिल्लामा सबैभन्दा कम संक्रमित रहेको स्थानीय तह झापा गाउँपालिका हो । जहाँ ३० जना मात्रै संक्रमित छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार कोरोना संक्रमित भई १ हजार ४७ जनाको उपचार भइरहेको छ । भद्रपुरका १०६, मेचीनगर ७९, विर्तामोड २०७, कनकाई ६३, अर्जुनधारा ५९, दमक ३०९, गौरादह ४७, शिवसताक्षी २३, बुद्धशान्ति २०, हल्दिवारी १८, कचनकवल १७, कमल ३६, गौरीगञ्ज १९, बाह्रदशी ९, झापा १२ र ठेगाना नखुलेका २३ जनाको उपचार भइरहेको छ ।
सोमवारसम्म कोरोनाबाट झापाका ६६ जनाको मृत्यू भएको छ । सबैभन्दा धेरै दमकमा २५ जनाको मृत्यू भएको छ । बुद्धशान्ति, हल्दिवारी, कचनकवल र बाह्रदशीमा मृत्यू हुनेको संख्या शून्य रहेको छ ।

प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]