बैशाख २६, २०८२ शुक्रबार

आइपीएल उपाधि जितेको मुम्बईले पायो २० करोड

नयाँ दिल्ली । आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो ।

यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा कम छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का कप्तान विराट कोहलीलाई फ्रेन्चाइजीले एक सिजनका लागि १७ करोड भारु दिन्छ । यद्यपि, सीजनको लीलामीमा अष्ट्रेलियाली तेज बलर पेट कमिन्स सबैभन्दा महँगा १५.५ करोड भारुमा बिकेका थिए । उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको थियो । कमिन्स सबैभन्दा महँगा विदेशी खेलाडी पनि हुन् ।

म्यान अफ द म्याच ट्रेन्ट बोल्टलाई ५ लाख भारु नगद पुरस्कार

दिल्ली र मुम्बई टिममा १५–१५ करोडपति खेलाडी

दिल्ली टिममा मुम्बईको तुलनामा ६.७ प्रतिशत बढी करोडपति खेलाडी रहे । यसमा ऋषभ पन्तलाई सबैभन्दा बढी १५ करोड भारु दिइयो । यो सिजनमा तीन टिम छन् जसमा १५ खेलाडीको मूल्य एक करोड वा सोभन्दा बढी छ । यसमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु समावेश छन् । एजेन्सी

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]