जेष्ठ २, २०८२ बिहीबार

वामदेवलाई मन्त्री बन्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतकाे संवैधानिक इजलासले नेकपा नेता वामदेव गौतमको पक्षमा आदेश दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गाैतम राष्ट्रियसभा सदस्य बन्न र मन्त्री बन्न राेक्न अन्तरिम आदेश माग गरिएकाेमा अदालतले अस्वीकार गरेकाे हाे । याे आदेशसँगै उनलाई मन्त्री बन्न पाउने बाटो खुल्ला भएको छ । 

पाँच सदस्यीय इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको राय भने बाझिएको छ । तर बहुमतका आधारमा गौतमको पक्षमा आदेश आएको हो । ‘तत्काललाई गौतमलाई मन्त्री बन्न रोक भएन । तर न्यायाधीसको राय बाझिएकोले न्यायिक इतिहासमा यसको महत्व हुनेछ,’ रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने । 

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]