देशभर चिसो बढ्यो
काठमाडौँ- पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । तुलानात्मक रुपमा यो वर्ष चाडैंदेखि जाडो सुरु भएको र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लालगायतका क्षेत्रमा हिमपात भएको छ भने केहि स्थानमा हल्का वर्षासमेत भएको छ । वर्षा र हिमपातका कारण चिसो थप बढेको महाशाखाका मौसमविद्हरुले बताएका छन् ।
प्रदेश १ र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल सुदुर पश्चिमको पहाडि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज देशका पहाडी भूभागको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।
यस्तो हुनेछ तीन दिनको मौसम
मंसिर ०३ गते (बुधबार):
दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भू-भाग, बाँकि पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर ०४ गते (बिहिबार):
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर ०५ गते (शुक्रबार):
दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिमको पहडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।