जेष्ठ १, २०८२ बुधबार

झापामा प्रेस संगठनको सपथ ग्रहण

विर्तामोड । केन्द्रमा पार्टी फुट्ला कि भन्ने चिन्ता भइरहेका बेला झापामा दुई संगठनबिचको एकतापछि सपथ ग्रहण गरिएको छ ।

केन्द्रमा सचिवालय बैठकबाटै पार्टी फुटेको घोषणा होला कि भन्ने भइरहेको बेला तत्कालिन एमालेको प्रेस चौतारी र माओवादीको प्रेस सेन्टरबिच एकतापछि बनेको प्रेस संगठन झापाको कार्यसमितिले सपथ ग्रहण गरेका छन् । बुधबार दिउँसो सपथ ग्रहण समारोह आयोजना गरिएको थियो । सोहि समयमा केन्द्रमा पार्टीको सचिवालय बैठक चलिरहेको थियो ।

प्रेस संगठन प्रदेश १ का संयोजक राजन केडीले झापा जिल्ला कार्यसमितिलाई सपथ ग्रहण गराएका छन् । उनले जिल्लाको ३९ सदस्यीय समितिलाई सपथ खुवाएका हुन् । संगठनका प्रदेश सहसंयोजक गणेश पोखरेलले पत्रकार महासंघको आसन्न निर्वाचन बारे धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सर्वहारा जनताको पक्षमा कलम चलाउन प्रेस संगठनमा आवद्ध पत्रकारलाई आग्रह गरेका छन् । उनले देशका ठुला मिडिया पुँजीपतिको कब्जामा रहेकाले उनीहरुले गरिव, विपन्न नागरिकको पक्षमा काम गर्न नसकेको बताए । मन्त्री भट्टराईले ठुला मिडियालाई नेकपाको सरकार टाउको दुखाईको विषय बनेकाले जनपक्षीय रुपमा काम गर्न आग्रह गरेका छन् । सरकार बनेदेखि ठुला मिडियाले कस्ता सामग्री पस्किरहेका छन्, तपाई सबैले देखेकै छौं – भट्टराईले भने ।

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]