जेष्ठ २, २०८२ बिहीबार

थप २ हजार १०३ जनामा कोरोना संक्रमण

काठमाडौं –  देशभर पछिल्लो २४ घण्टामा २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सूचना अनुसार थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर हालसम्म संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। 

त्यस्तै  संंक्रमणका कारण पछिल्लो २४ घण्टामा १७ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेकोसंख्या १ हजार २७६ पुगेको छ।

मन्त्रालयको विवरण अनुसार २४ घण्टामा २ हजार ८५८ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।  देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार  ४ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]