विर्तामोडमा छठ : घरका छतमै पोखरी
विर्तामोड । हरेक वर्ष नदि किनारमा मनाइने छठ पर्व घरघरमै मनाउने तयारी गरिएको छ । विर्तामोड क्षेत्रमा कोरोना महामारीले गर्दा छठ पर्वका लागि ब्रतालुले घरमै कृतिम पोखरी बनाएर अस्ताउँदो सुर्यलाई पुजा गर्ने ठाउँ बनाएका छन् ।

महामारीका कारण जिल्ला प्रशासन कार्यालय झापाले नदि किनारमा भीडभाड नगर्न भनेपछि ब्रतालुले विभिन्न उपाय अपनाएर घरघरमै छठ मनाउन लागेका हुन् ।
दशैं, तिहारपछिको ठुलो पर्व छठ हरेक वर्ष झापामा भव्य रुपमा मनाउने गरिएको थियो । झापाको मेची खोला, विरिङ, कनकाई माई र रतुवामा भव्य रुपमा छठ पर्व मनाइदै आएको थियो । जिल्लामा विभिन्न भागमा छिटपुट नदि किनारमा घाट देखिए पनि अधिकांशले घरमै पानी जमाएर अर्घ दिने ठाउँ बनाएका छन् । विर्तामोडमा घरका छतमा सुर्यलाई पुजा आरधना गर्ने ठाउँ बनाइएको छ ।