जेष्ठ २, २०८२ बिहीबार

प्रधानमन्त्री ओली मङ्सिर ८ गते ताप्लेजुङको घुन्सा र सन्दकपुर आउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मङ्सिर ८ गते सोमबार ताप्लेजुङको घुन्सा जाने भएका छन् । यसअघि मङ्सिर ५ गतेलाई तय भएका कार्यक्रम पार्टी विवादका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

प्रधानमन्त्री ओली घुन्सा फाउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, स्थानीयलाई सम्बोधन तथा सीमावर्ती क्षेत्रको निरीक्षणका लागि घुन्सा जान लागेका हुन्। घुन्सापछि उनी इलामको सन्दकपुरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न पुग्ने कार्यक्रम तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  ५ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]