जेष्ठ २, २०८२ बिहीबार

घरघरमै मनाइयो छठ पर्व

विर्तामोड । हरेक वर्ष नदि किनारमा मनाइने छठ पर्व घरघरमै मनाइएको छ । विर्तामोड क्षेत्रमा कोरोना महामारीले गर्दा छठ पर्वका लागि ब्रतालुले घरमै कृतिम पोखरी बनाएर छठ मनाएका छन् ।

महामारीका कारण जिल्ला प्रशासन कार्यालय झापाले नदि किनारमा भीडभाड नगर्न भनेपछि ब्रतालुले विभिन्न उपाय अपनाएर घरघरमै छठ मनाएका हुन् । दशैं, तिहारपछिको ठुलो पर्व छठ हरेक वर्ष झापामा भव्य रुपमा मनाउने गरिएको थियो । झापाको मेची खोला, विरिङ, कनकाई माई र रतुवामा भव्य रुपमा छठ पर्व मनाइदै आएको थियो । जिल्लामा विभिन्न भागमा छिटपुट नदि किनारमा घाट देखिए पनि अधिकांशले घरमै पानी जमाएर अर्घ दिने ठाउँ बनाएका छन् । विर्तामोडमा घरका छतमा सुर्यलाई पुजा आरधना गर्ने ठाउँ बनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी फैलिने क्रममा रहेकोले जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घर–आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन सबैमा अनुरोध गरेको थियो । साथै खोला, ताल पोखरी, नदीमा गई स्नान गर्दा संक्रमण फैलिन सक्ने भएको हुँदा नदी, खोला, पोखरी तालमा गई पण्डाल बनाई पूजाआजा गर्ने कार्य नगर्न भन्दै प्रशासनले सूचना जारी गरिसकेको छ ।

प्रशासनको सोही सूचनाको आधारमा यस वर्ष जिल्लाको मेची, निन्दा, हडिया, बिरीङ, देउनियाँ, कमल, कनकाई, अदुवा, माई र रतुवा लगायतका नदी तथा खोलाहरू सुनसान भएका छन् । अघिल्ला वर्षहरू यी नदीमा छठ पूजा आउने १५ दिनअघिदेखि नै धुमधामका साथ तयारी गरिन्थ्यो । तर, यस वर्ष नदी, खोला तथा पोखरीहरूमा कुनै चहलपहल भएन ।
नदी तथा खोलाको किनारबाटै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक तथा परम्परागत चलन छ । सङ्क्रमणका कारण व्रतालु परिवारजनले घर आगनमै खाल्डो तथा कुण्ठ बनाएर छठ पूजा मनाइएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]