झापामा कोरोनाबाट ९४ जनाको मृत्यू, आज एकैदिन तीन जना
विर्तामोड । कोरोनाका कारण झापामा आज एकैदिन तीन जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा कनकाई –३ का ७३ वर्षीय पुरुष, मेचीनगर–४ का ५४ वर्षीय पुरुष र भद्रपुर –४ को ६० वर्षीया महिला रहेका छन् । झापामा कोरोनाका कारण मृत्यू हुनेको संख्या ९४ पुगेको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज झापामा १६ महिलासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ३२ सय ७१ पुगेको छ । आज झापामा सबैभन्दा धेरै दमकमा ११ जनामा कोरोना पुष्टि भएको हो ।