बैशाख २६, २०८२ शुक्रबार

विर्तामोडका विधालय सञ्चालनका लागि कार्ययोजना माग

विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले विधालय सञ्चालन अनुमतिका लागि पाँच दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । नगरको शिक्षा शाखाले सरकारले हालै जारी गरेको विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा बमोजिम कार्ययोजना पेश गर्न निर्देशन दिएको हो । सामुदायिक र संस्थागत विधालयले बुझाउने कार्ययोजनाका आधारमा विधालय सञ्चालनको अनुमति दिइने उपसचिव तिलचन भण्डारीले जानकारी दिए ।

tl:a/ SofK;g M emfkfsf] latf{df]8 gu/kflnsf # l:yt dx]Gb| /Tg dfWolds ljBfno . tl:a/ M ch'{g÷sflGtk’/

कोरोना महामारीका कारण गत चैत महिनादेखि पठनपाठन बन्द भएका विधालय सञ्चालन गर्न मन्त्रीपरिषद्ले भर्खरै कार्यढाँचा ल्याएको छ । कार्यढाँचा बमोजिम कार्ययोजना ल्याए पश्चात नगरको स्थलगत अनुगमनपछि अनुमति दिइने भण्डारीले जानकारी दिए । उनका अनुसार कार्ययोजना ल्याउँदा आवश्यक मापदण्ड पुरा गरेको हुनपर्नेछ ।

विधालय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने, कक्षाको समय र घण्टी छोट्याएको हुनुपर्ने, फरक–फरक समयमा कक्षा सञ्चालन गर्नुपर्ने, जोखिम र सहजतालाई ख्याल गरेर कक्षा लिनुपर्ने, बाँकी कक्षाहरु दिन विराएर सञ्चालन गर्नुपर्ने, हप्तामा केहि दिन र दिनमा केहि घण्टा मात्र कक्षा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कार्ययोजना तयारी पूर्व विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ बमोजिम प्रत्यक्ष सिकाईका लागि अपांगता भएका र अशक्त विधार्थीहरुका लागि अतिरिक्त व्यवस्था मिलाउन आवश्यक छलफल गर्नुपर्ने बताइएको छ । छलफलपछिको निष्कर्षका आधारमा कार्ययोजना बनाउन नगरले निर्देशन दिएको छ ।

सवारी साधन प्रयोग गर्ने विधालयहरुले स्वास्थ्य मापदण्ड पालना गर्न प्रतिबद्धता जनाउनुपर्ने छ । विधालयले तयार गर्ने कार्ययोजना कार्यान्वयन गर्न नगरस्तरीय अनुगमन समिति, वडास्तरीय अनुगमन र विधालयस्तरीय अनुगमन हुनेछ ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]