जेष्ठ ३, २०८२ शुक्रबार

सडकमा मरेका भुतप्रेत जाग्न थाले : मन्त्री भट्टराई

विर्तामोड । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सडकमा मरेका भुतप्रेत जाग्न थालेको बताएका छन् । उनले नेकपामा विवाद देखिँदा सडकमा मरिसकेका भुत समेत जागेको प्रतिक्रिया दिए ।

देशभर राप्रपाले गरेका र्यालीलाई लक्षित गर्दै नेकपा कमजोर हुने मानसिकताबाट यस्ता गतिविधि बढेको बताए । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा फुट्दा देशको भाग्य फुट्ने भन्दै देशका निम्ति पनि नेकपामा एकता जरुरी रहेको बताए । उनले नेकपामा कसको विजय वा कसको पराजय भन्ने विषय गौण भएकाले सचिवालयबाट समाधान नखोजिए स्थायी कमिटीले निर्मम निर्णय गर्ने चेतावनी दिए ।

नेकपाका नेता भट्टराईले पार्टी अप्ठ्यारो अवस्थामा पुगेको बताए । उनले विभाजनमा पुगेको नेपालको कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा उभ्याउँदा समस्या भइरहेको धारणा राखेका छन् । देशमा ठुला परिवर्तन गर्दै आएको कम्युनिष्ट पार्टीमा समस्या देखिदाँ जनतामा एक किसिमको निराशा देखिएको उनको भनाई छ । नेकपाकै कारण देशमा सन्तुलित संविधान बनेको बताउँदै उनले नेकपा फुट्दा उपलब्धीहरु समेत खतरामा पर्नेमा चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार  ४ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]