नेविसंघ झापाका सभापतिले भने – उपमेयर चढेको गाडि रोकेको हो, जलाउन खोजेको होइन
बिर्तामोड । नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीले मेचीनगरको उपप्रमुख मीना उप्रेती सवार गाडिलाई नेविसंघका कार्यकर्ताले रोकेको स्वीकार गरेका छन् । उनले नेपाल विधार्थी संघमा आवद्ध विधार्थीले रोकेको भए पनि आगजनी गर्न खोजिएको कुरा झुटो भएको बताए ।

आज दिउँसो चारआलीबाट एक कार्यक्रममा सहभागी भई कार्यलय तर्फ फर्किदैं गर्दा उपमेयर उप्रेतीको गाडि रोकेर जलाउने प्रयास गरेको प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । नेविसंघका कार्यकर्ता बताउने युवाले गाडि रोके, उप्रेतीले भने – ‘गाडि जलाउन तेल नै छर्किसकेका थिए । हामी त्यहाँबाट अघि बढिहाल्यौं ।’
नेविसंघका सभापति उप्रेतीले आज देशभर सरकार गाडि चलाउन रोक लगाएको इजलाससित बताएका छन् । हाम्रो कार्यक्रमलाई उहाँले उल्लंघन गर्नुभएकाले रोकेका मात्र हौं, अन्यथा केहि होइन । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको गरिएको दुव्र्यवहार विरुद्ध नेविसंघले देशव्यापी विरोध जनाएको थियो । सोहि कार्यक्रम अन्तर्गत सरकारी गाडि चलाउन रोक लगाएको उप्रेतीको भनाई छ ।
उपमेयर उप्रेतीले आफुहरु जवरजस्त हिडेका कारण मात्रै सुरक्षित भएको बताइन् । नत्र, गाडिमै हालेर जलाउने रैछन् ।