जेष्ठ २, २०८२ बिहीबार

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गते बस्नेगरी स्थगित

काठमाडौँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको मुख्यालय धुम्बाराहीमा चलेको स्थायी कमिटी बैठक करिब २ घन्टा  लामो छलफल पश्चात अर्को बैठक मंसिर २८ गते बस्ने गरी स्थगित गरिएको छ ।

बैठकमा अधिकांश समय कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए।

अर्को स्थायी कमिटी बैठक मंसिर २८ गतेका लागि तय गरेको छ। त्यस्तै, मंसिर २५ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बहुसंख्यक स्थायी कमिटी सदस्यहरुको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार  ४ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]