बिर्तामोडमा कोरोनाबाट १२ जनाको मृत्यु
बिर्तामोड । कोरोनाबाट बिर्तामोडमा थप एक महिलाको मृत्यु भएको छ । आइतवार कोरोनाका कारण बिर्तामोडमा ४५ वर्षीया महिलाको मृत्यु भएको फोकल पर्सन ओम खड्काले जानकारी दिए ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको खड्काले जानकारी दिए ।
बिर्तामोड –८ निवासी महिलालाई मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शनिवार राती१२ बजे मृत्यु भएको छ । मृतक महिलालाई मुटुसम्बन्धी समस्या समेत रहेको अस्पतालले जनाएको छ । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्र कोरोनाका कारण १२ जनाको मृत्यू भएको जनाएको छ ।