जेष्ठ १, २०८२ बुधबार

आज भारत बन्द : मोदी सरकारविरुद्ध उत्रिए भारतीय किसान

नयाँदिल्ली । आन्दोलनरत भारतका किसानले आज (मंगलबार) त्यहाँ देशव्यापी बन्दको आह्वान गरेका छन् । त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन् ।

मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध पन्जाब र हरियाणका किसान १२ दिनदेखि आन्दोलनमा छन् । किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन् । यसै क्रममा उनीहरूले मंगलबार भारत बन्दको घोषणा गरेका हुन् । आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन् ।

किसान नेता बलवीर सिंह राजोवालले भनेका छन्, ‘बन्द बिहानदेखि साँझसम्म हुनेछ । चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिने छ ।’ उनका अनुसार आज दूध–सब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ । तर अस्पताल, एम्बुलेन्स जस्ता आपतकालीन सेवा र विवाह रोकिने छैन ।

यस बन्दका लागि किसानले १८ वटा विपक्षी पार्टीको सहयोग पाएका छन् । सोमबार सिंघु बोर्डर र किसानको दोस्रो प्रदर्शन स्थल पुगेका थिए । सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ । तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन ।

सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ । तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन । सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गरेको छ ।

सरकारले कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर किसानले तीनवटै कृषि कानुन रद्द नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । सरकारसँग उनीहरूको अर्काे वार्ता भोलि बुधबार हुनेछ । स्रोतः बीबीसी हिन्दी

प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]