जेष्ठ ३, २०८२ शुक्रबार

निको भएकाे ९४.११ प्रतिशत, एक हजार ३८२ सङ्क्रमित थप

काठमाडौं । नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढिरहेकाे छ । काेराेना भाइरसबाट निको हुने दर ९४.११ प्रतिशतमा उक्लेकाे छ । पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ६२१ जना सङ्क्रमित निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् ।

हालसम्म दुई लाख २९ हजार ५४ जना सङ्क्रमित निको भइसकेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ३८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ ।  अाठ हजार ९४७ जनाको आरटी पीसीआर नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि हो ।

हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५२३ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार  ४ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]