बैशाख २६, २०८२ शुक्रबार

रोनाल्डो चम्कदाँ युभेन्ट्सले बार्सिलोनालाई हरायाे

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनामाथि ३–० गोलको जित निकालेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै वेस्टोन एमसीकेनले एक गोल गरे । उता बार्सिलोनाका लागि कुनै पनि खेलाडीले प्रभाव जमानउ सकेनन् ।

खेलको १३ औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । २० औं मिनेटमा एमसीकेनले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

५२ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाए । जितसँगै युभेन्ट्सले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । युभेन्ट्स समूह विजेता बनेको छ । समान अंक भएको बार्सिलोना समूहको उपविजेता बनेको छ ।

प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]