मुक्ति स्तम्भको संरक्षण गर : सम्पादकीय
झापा बिर्तामोडको एकदमै चर्चित पहिचान भनेको मुक्ति चोक हो । जसले पनि मुक्ति चोक सहजै पत्ता लगाउन सक्छन्, बुझ्न सक्छन् । जहाँ जीतको प्रतिक ठडिएको छ । जनताले राजतन्त्रलाई जितेपछि मुक्तिको घोषणा भयो । मुक्ति चोकबाट विजयको घोषणा भएको थियो । त्यसैको सम्झना स्वरुप बनाइएको जनआन्दोलन स्तम्भ अहिले उचित संरक्षण पाइरहेको छैन । यतिसम्म कि त्यहाँ रोपिएका फुलमा पानी हाल्न पनि समस्या भइसकेको छ । हेर्दै कुरुप देखिन थालेको छ ।
मुक्ति चोक एउटा इतिहास हो । इतिहासलाई हेला गर्न मिल्दैन । यसको उचित संरक्षण गर्न सरोकार पक्ष समेत संवेदनशील बन्न सकेका छैनन् । त्यहि चोक हो, धेरैलाई नेता बनायो । ति नेता अहिले महत्वपूर्ण जिम्मेवारीमा पुगिसके । उनीहरुलाई अब त्यही स्तम्भको सिडिमा टेकेर भाषणा गर्न नपर्ला । उनीहरुलाई आन्दोलनको आँधी चलाउनु नपर्ला । त्यै पनि मुक्ति चोकको संरक्षण जरुरी छ । पूर्वको ठुलो व्यापारी केन्द्रमा रहेको स्तम्भ सबैको नजरमा पनुपर्ने हो । तर, यहाँका व्यवसायीलाई जनआन्दोलन स्तम्भको महत्व नभएको स्पष्ट छ ।
जिल्लामा सबैभन्दा धेरै संघसंस्था भएको विर्तामोडमा एक समय सामाजिक गतिविधि असाध्यै धेरै संख्यामा हुने गरेको थियो । उनीहरु सबैको लागि गतिविधि केन्द्र केन्द्र पनि मुक्ति चोकको त्यहि स्तम्भ हो । राजनीतिक दलहरुको सभामा स्तम्भको उस्तै गरी प्रयोग गरिन्छ । सबैले प्रयोग गर्दै आएको स्तम्भको हेरचाहमा सामान्य चासो समेत दिएको छैन । यहाँका संघ संस्थाले मुक्ति स्तम्भको संरक्षणमा चासो देखाउनै पर्ने हो । तर, उनीहरु आफु अनुकुल कार्यक्रम बाहेक घरबाट बाहिर निस्कदैनन् । यसैले अबका दिनमा त्यसको निर्माण गर्ने, संरक्षण गर्ने जनआन्दोलन स्मृति प्रतिष्ठानले विशेष ख्याल पु¥याउनु पर्छ ।