काबेली पाँच प्रकारका सिमेन्ट उत्पादन गर्दै
झापा । काबेली सिमेन्ट उद्योग प्रा.लि हल्दिबारी -३ ले ५ प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले हाल सौर्य (ओपिसि,पिपिसि), हल्दिबारी (पिपिसि), कन्याम (पिपिसि),यौद्वा(ओपिसि),फेवा(पिपिसि),र बि एण्ड बी (पिपिसि)ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको कम्पनिका अध्यक्ष अर्जुनकुमार मैनालीले जानकारी दिनु भयो ।

अध्यक्ष मैनालीले अन्य सिमेन्ट र बजार बुझेर दक्ष प्राविधिक प्रयोग गरि गुणस्तिरीय उत्पादनलाई बजारमा ल्याएको बताउनु भयो । आधुनिक जर्मन क्लोज सर्किट प्रविधिबाट सञ्चालित यस उद्योगले दैनिक १५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । झापा लगायत प्रदेश १का सबै जिल्लामा बजार विस्तार गरीसकेको उद्योगले अन्य क्षेत्रमा पनि उत्पादन पुर्याउने तयारी गरेको जनाईएको छ ।