बैशाख २६, २०८२ शुक्रबार

घरेलु मैदानमा जित निकाल्दै बार्सिलोना शीर्ष पाँचमा

बिर्तामोड । बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ । बुधबार राति भएको खेलमा रियल सोेसिडाडसँग २–१ गोलकोे जित निकाल्दै बार्सिलोेनाले आफूलाई शीर्ष पाँचमा स्थापित गरेको हो ।

घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक–एक गोल गरे । उता सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा जोेसेको गोलमा पाहुना टोली सोेसिडाडले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोेल फर्काएका थिए ।

४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाए । पछिल्लो समय ला लिगामा खराव अवस्थामा भएको बार्सिलोनाले लिगमा लगातार दुई खेलमा जित निकाल्न सफल भएको हो । जितसँगै बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ । बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ ।

प्रकाशित मिति : पुष २, २०७७ बिहीबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]