बैशाख २९, २०८२ सोमबार

वैदेशिक रोजगारीको विकल्प खोजौं

सम्पादकीय

कोरोना महामारीले हरेक परिवारमा आर्थिक समस्या उब्जाएको छ । स्रोतहरु प्रायःकमजोर भएका छन् । कोरोना महामारी भन्दा अघि पनि स्वरोजगारको विकल्पमा वैदेशिक रोजगारीलाई पहिलो प्राथमिकतामा राख्ने गरिएको थियो । अहिले झनै समस्या बढ्दै गएको छ । तर, वैदेशिक रोजगारी पनि अव सुरिक्षत छैन । विश्वमै कोरोना महामारीले प्रभावित बनाएको छ । प्रभावित भएकै कारण रोजगारी दिने कम्पनीहरु समेत कामदार पठाइरहेका छन् । ति कम्पनीहरुमा समेत आर्थिक मन्दी छ । धेरै नेपाली श्रमिकलाई कम्पनीले कोरोना महामारीकै बिचमा फिर्ता पठाइसक्यो ।

यहाँ के गर्ने, कसले रोजगारी देला भन्ने लगायतका प्रश्न गरिन्छ । सर्वप्रथम आफै स्वरोजगार बन्ने प्रयास गर्नुपर्छ । गाउँगाउँमा खुलेका सहकारी , वित्तिय संस्थाहरु र लघुवित्त स्वरोजगार बन्न चहानेहरुकै लागि स्थापना गरिएका हुन् । ति संस्थाले अवश्य आर्थिक जीवन उकास्न सहयोग गर्नेछन् । र, उनीहरुको दायित्वमा पनि पर्छ । सानो लगानीबाट विस्तारै ठुलो बनाउन सकिन्छ । त्यसका लागि इच्छाशक्ति र लक्ष्य चाहिन्छ । हरेस खाएर वैदेशिक रोजगारीमा जानुभन्दा यहि संभावनाको खोजी गर्न उपर्युक्त हुन्छ ।

महामारी पछि वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने म्यानपावर पनि घटेका छन् । देश बाहिर झनै धेरै समस्या भएकाले म्यानपावर कम्पनीहरु व्यापार नहोला भन्ने चिन्तामा पनि छन् । सरकारको नियमभित्र बसेर काम गर्ने कम्पनीहरु थोरै मात्र छन् । यदि वैदेशिक रोजगारको विकल्प खोज्न सकिएन भने बुझेर मात्रै प्रक्रिया अघि बढाउनुपर्छ । दर्ता रहेका, विगतमा समेत राम्रै पहिचान बनाएर म्यानपावरलाई रोज्नुपर्छ । महामारीले उब्जाएको बेरोजगारीको फाइदा उठाउन खुलेका म्यानपावरबाट सतर्क हुनैपर्छ । भरसक, अब नेपालमै कृषि क्रान्ति गरौं । अन्य विकल्प पनि खोजौं । तर, वैदेशिक रोजगारीमा खुट्टा नउठाऊ । यदि त्यस्तै बाध्यता आइपरेमा , बुझेर मात्रै अघि बढौं । सीप बिना वैदेशिक रोजगारी सोच्दै नसोचौं ।

प्रकाशित मिति : पुष ४, २०७७ शनिबार  ३ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]