बैशाख २९, २०८२ सोमबार

हामी यहाँ छौं

सम्पादकीय

प्रतिनिधिसभा विघटन पछि प्रचण्ड–नेपाल समूहले नेतृत्व गरेको नेकपा सडक आन्दोलनमा होमिएको छ । सडकबाटै प्रतिनिधि सभा व्यूँत्याउने र सरकार समेत आफ्नै नेतृत्वमा बनाउने उद्घोष गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिनअघि विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना गर्न देशभर आन्दोलन चलिरहेको छ । आन्दोदनकै चरणमा शुक्रवार दुई अध्यक्ष सडकमै बसेर दवाव दिएका छन् । उनीहरुले प्रतिनिधिसभा विघटनलाई गैर संवैधानिक भन्दै आएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बिचमा नयाँ जनादेशका लागि जाने कुरा गैर संवैधानिक नहुने तर्क गर्दै आएका छन् ।

यसै मुद्दालाई प्राथमिकतामा राखेर आन्दोलन चर्किएको छ । जसको नेतृत्व नै प्रचण्डले गरिरहेका छन् । सडकमा पलेटी कसेर बसेको तस्वीरहरु व्यापक भाइरल भए । उनीहरुले छातीमा ‘हामी यहाँ छौं’ नारा लेखेर टासे । निर्वाचन पछि लगभग पहिलो पटक सडकमा ओर्लिएका नेताहरु यसअघि कुनै पनि मुद्दामा सडकमा आएका थिएनन् । उनीहरु जनताको कुनै पनि मुद्दामा सडक आएनन् । निर्वाचनपछि नेताहरु पहिलो पटक सडकमा देखिएका छन् । यसै गरी प्रधानमन्त्री ओली पनि सडकमा आएका छैनन् । सडक आन्दोलनका बारेमा विभिन्न कोणबाट व्याख्या भइरहेका छन् ।

सामाजिक सञ्जालमा सडक आन्दोलनबारे मिश्रित प्रतिक्रिया आइरहेका छन् । आन्दोलनको पक्षमा उत्तिकै जनलहर छ । केपी ओलीमाथि आन्दोलन समर्थकहरुले हदैसम्म गाली बेइज्जती गर्न भ्याएका छन् । वास्तवमा ओली गलत नै हुन् ? उनले जनताको मतलाई अपमान गरेकै हुन ? यसको हिसाव आगामी निर्वाचनले गर्ने निश्चित छ । उनले प्रतिनिधिसभामा फेस गर्नुको सट्टा उल्टै विघटन गरिदिए । यसै कारण आन्दोलन उठेको छ । आम नागरिकले नेताहरु सडकमा आएपछि यसअघिका गम्भीर मुद्दामा किन नआएको भन्दै प्रश्न तेर्साएका छन् । निर्मला पन्तको हत्या, एमसीसीको विरोध, सीमा अतिक्रमण र पछिल्लो उखु किसानको आन्दोलनमा नेताहरु नदेखिएको सत्य हो । हामी यहाँ छौं भन्नुपर्ने परिस्थिति बनिसकेको छ । यसर्थ, हरेक दलका हरेक नेता जनताको न्यायका लागि सडकमा बेलाबेला आउनैपर्छ ।

प्रकाशित मिति : पुष ११, २०७७ शनिबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]