बैशाख २०, २०८२ शनिबार

झापाका ८३ बाढी पीडितलाई सिरक वितरण

बिर्तामोड । झापा गाउँपालिकाका बाढी पीडितलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच झापा गाउँपालिका–१ का बाढी पीडित, सन्थाल समुदायका गरिव विपन्न परिवारलाई जाडोमा न्यानो सिरक वितरण गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

लायन्स क्लब अफ सुरुङ्गासंँगको सहकार्य र सहारा नेपाल साकोसको सहयोगमा ८३ घर परिवारलाई ८३ थान न्यानो सिरक बितरण गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको सो कार्यक्रमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना , गाउँपालिकाका अध्यक्ष जय नारायण साह, झापाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईराला, सशस्त्र प्रहरी बलका सप्रउ रमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : पुष १७, २०७७ शुक्रबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]