रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो
स्पेनिस क्लब रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २-० ले पराजित गर्दै रियल पहिलो पटक लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

रियलको जितमा लुकास भाजकेज र मार्कोस एसेन्सियोले एक एक गोल गरेका थिए। नेभेम्बर २१ देखि रियल मड्रिड ला लिगामा अपराजित छ।
खेलको छैटौ मिनेटमा लुकास भाजकेजको गोलमा रियलले अग्रता बनाएको थियो। मार्को एसेन्सियोको क्रसमा लुकासले हेडमार्फत् रियललाई अघि बढाएका थिए।
क्यासमिरोको एसेन्सियोले दोस्रो हाफमा रियलको अग्रतालाई २-० मा पुर्याएका थिए। जित सहित शीर्ष स्थानको रियलले ३६ अंक बनाएको छ।