कचनकवलमा रंगशाला बनाइदैं
बिर्तामोड । झापाको कचनकवलमा रंगशाला निर्माण शुरु भएको छ । कचनकवल –६ मा रहेको लक्ष्मी माविको जग्गामा रंगशाला निर्माण शुरु गरिएको प्रदेश सांसद् बसन्त बानियाँले जानकारी दिए । अढाई विघा क्षेत्रमा रंगशाला निर्माण शुरु भइसकेको बानियाँको भनाई छ ।
विधालयको ४ विघा जग्गा स्थानीय नागरिकले जोतभोग गर्दै आएको थिए । ४० वर्षदेखि स्थानीय किसानले उपयोग गर्दै आएको जग्गा विधालयकै स्वामित्वमा फिर्ता ल्याएर रंगशाला निर्माण गरिएको हो । अढाई विघामा रंगशाला बन्दैछ, बानियाँले भने – बाँकी जग्गा पनि खेलकुद कै लागि प्रयोग गरेर खेल क्षेत्रको विकास गरिने बताइएको छ ।

रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ र प्रदेश १ सरकारले १५ सहयोग गरेको थियो । कचनकवल गाउँपालिकाले समयमा ठेक्का नलगाएका कारण प्रदेशको १५ लाख फ्रिज भएको सांसद् बानियाँले जानकारी दिए । उनका अनुसार रंगशाला निर्माणका लागि गाउँपालिकाले चासो नदिदाँ १५ लाख फ्रिज भएको हो । राष्ट्रिय खेलकुद् परिषद्बाट ल्याएको १५ लाखबाट मैदान बनाउने र पर्खाल लगाउने काम थालिएको बानियाँको भनाई छ ।