बैशाख २९, २०८२ सोमबार

खानेपानीको संरचना बनाइदेऊ

सम्पादकीय

विकास निर्माणले सडक आसपास क्षेत्र लथालिंङग छ । प्रायः सडकहरु भत्काइएका छन् । नयाँ बाटो बनाउन अवश्य भत्काउनै पर्छ । सडक निर्माण भएको क्षेत्रमा अवस्था सामान्य नै छ । तर, निर्माणका लागि तयारी गरिएका र निर्माणका चरणमा रहेका अधिकांश सडक क्षेत्र विग्रिएकै अवस्थामा देख्न पाइन्छ । सरकारले विकास निर्माणलाई दु्रत गतिमा अघि बढाएको छ । केन्द्र , प्रदेश र स्थानीय सरकार समेत विकास निर्माणमा पनि बाटो बनाउन प्राथमिकता दिइरहेका छन् । बाटो, पुल, कल्भर्ट , ग्राभेल गर्न तीनै तहका सरकार सक्रिय छन् ।

वर्षौसम्म रोकिएको विकास बल्ल शुरु भएको छ । तर, विकास निर्माणका नाममा अन्य संरचना पनि विगारिएको छ । कतिपय सन्दर्भमा आवश्यकताका दृष्टिले पनि बनाउने गरि विगारिएका होलान् । विगारिएका संरचना फेरि बनाउनुपर्ने सम्बन्धित पक्षले बुझेर पनि कार्यान्वयन गर्न सकिरहेका छैनन् । विशेष गरि खानेपानीमा व्यापक क्षति पुगिरहेको छ । झापाको बिर्तामोड, कनकाई क्षेत्रमा खानेपानीको संरचनाहरु विग्रिएका छन् । निर्माण व्यवसायीले सडक निर्माण र विस्तारका क्रममा ठिकै अवस्थामा रहेका संरचनालाई विगार्दा पानी आपुर्तिमा समस्या भइरहेको छ ।

निर्माण सम्झौता भएपछि त्यस क्रममा भत्किएका , विग्रिएका संरचना निर्माण व्यवसायीले नै बनाउनु पर्ने प्रायः सर्त हुन्छ । जो सर्तलाई निर्माण व्यवसायीले कार्यान्वयन गरिरहेका हुँदैनन् । बिर्तामोडमा पनि खानेपानीका अधिकांश पाइप फुटेका छन् । पाइप फुट्दा उपभोक्ताको गुनासो बढेर गएको छ । खानेपानी संस्थाले विग्रिएका करोडौंका पाइप बनाउन सक्ने अवस्था छैन । स्थानीय सरकार पनि जिम्मेवार हुदैन । यसको पूननिर्माण र मर्मतमा निर्माण व्यवसायी नै जिम्मेवार बन्नुपर्छ । खानेपानी मन्त्रालयले पनि स्थानीय तहहरुलाई पत्राचार गरेर विग्रिएका संरचना बनाउन पहल गरिदिन आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : पुष २३, २०७७ बिहीबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]