मेस्सी र ग्रिजम्यान चम्किदा बार्सिलोनाको जित
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा ग्रानडालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।
ग्रानडाको मैदानमा कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले २/२ गोल गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए । ४२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए । यस्तै खेलको ७८ औं मिनेटमा जिसस भालेजोले रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १८ खेलमा ३४ अंक जोडेको छ । ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।