बैशाख २९, २०८२ सोमबार

‘जक’ घटाउने अभियान चलाऔं

सम्पादकीय

झापा जिल्ला कारागारमा जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्नेहरुको संख्या सबैभन्दा धेरै पाइएको छ । कारागारमा ३२ शिर्षकमध्ये सबैभन्दा धेरै जबरजस्ती करणीमा कैदीवन्दीको संख्या उच्च छ । जबरजस्ती करणी पछि धेरै लागुऔषध मुद्दामा कारागार चलान भएका छन् । त्यसपछि कर्तव्य ज्यान मुद्दामा कारागार छिर्नेको संख्या बढि छ । नेपाली समाजमा अपराधका ३२ प्रकारमध्ये जवरजस्ती करणीको मुद्दा बढि देखिनु संवेदनशिल छ । नेपाली समाजमा यौन अपराध अन्य अपराध भन्दा धेरै भएको तथ्याङकहरुले स्पष्ट पारेको छ ।

नेपाली समाजमा तमाम विकृतिहरु छन् । अनेकौं विकृतिमध्ये यौन अपराधका घटना बढ्दै गएका छन् । अपराधमध्ये यौन अपराध किन रोजिदैछ ? यौन इच्छाले यौन अपराध बढाएको छ । यो इच्छाले अपराध गर्न प्रेरित गरिरहेको विष्लेषण गर्न सकिन्छ । समाजमा यौन अपराधलाई लुकाउन सकिन्छ भन्ने मान्यताले यसमा संम्बद्धहरु गलत गतिविधि गर्दै आएका छन् । ढिलोछिटो बाहिर आउने यौन अपराधले समाजलाई गलत बाटोमा लगिरहेको छ । यसको नियन्त्रण र सचेतना अबको आवश्यकता हो ।

कारागारमा कैदीवन्दीको संख्याको तुलना गर्दा यौन हिंसाको तस्वीर छर्लङ भएको छ । विकृति सुधारका लागि समाजमा विभिन्न प्रकारका सचेतना कार्यक्रमहरु सञ्चालन गरिएका छन् । यौन हिंसा विरुद्ध पनि यस्ता अनेकौं कार्यक्रम सञ्चालन गरिएका छन् । तर, यौन हिंसाको विरुद्धमा सञ्चालन गरिएका अभियान निरर्थक भएको देखिन्छ । विगतमा कारागारभित्र ‘जक’ मुद्दामा पर्नेको संख्या अहिलेको जस्तो थिए । त्यो बेला कानुन कार्यान्वयको पनि समस्या हुन सक्छ । पीडितहरु कानुनी न्यायका लागि बोल्न नसकेको पनि हुन सक्छ । यसैले अहिले यौन हिंसा विरुद्ध प्रभावकारी कार्यक्रम सञ्चालनको आवश्यकता देखिएको छ । कारागारभित्र कैद भुक्तान गरिहरेका कैदीको मुद्दाका प्रकार र त्यसको संख्या हेरेर समाजलाई सुधार गर्न अपरिहार्य छ ।

प्रकाशित मिति : पुष २६, २०७७ आईतबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]