बैशाख २९, २०८२ सोमबार

बजार अनुगमन चाहियो

सम्पादकीय

झापाका बजारहरुमा उपभोक्ता मारमा परिरहँदा पनि नियामक निकाय मौन छन् । सरकारी र सामाजिक सरोकारका निकायको मौनताले उपभोक्ता ठगिन थालेका छन् । विभिन्न समयमा जिल्लामा बजार अनुगमन हुने गरेको थियो । तर, पछिल्लो झापामा कुनै पनि निकायले बजारको अनुगमन गर्न सकिरहेका छैनन् । चाडवाडको पूर्वसन्धयामा बजार अनुगमन हुने गर्छ । चाडवाड सकिएपछि सरोकारवाला चुपचाप बसिदिन्छन् । त्यसपछि बजारमा हुने अराजतकताले एक वर्षसम्म उपभोक्ता मारमा परिरहन्छन् । बजारमा व्यापारीले मच्चाउने अराजकताको समाधान अनुगमन र कानुनको कार्यान्वयन नै हो ।

बजारमा अहिले विशेष गरी खानेतेलमा व्यापारीले कृतिम अभाव देखाइरहेका छन् । बजारमा कृतिम अभाव देखाएर व्यवसायीले मुल्य बढाएका छन् । उपभोक्ताको बाध्यतामाथि मृल्यवृद्धि लादेर व्यापारीले लुट मच्चाइरहेका छन् । व्यवसायीलाई उपभोक्ता ठग्ने बहाना चाहिएको हुन्छ । हरपल उपभोक्ताको ढाड सेक्नेहरुलाई सरकारी निकाय केहि गर्न सकिरहेको छैन । जिल्ला प्रशासन, घरेलु कार्यालय सहितको जिल्लास्तरी अनुगमन गर्ने समिति छ । तर, अहिले त्यसको प्रभावकारी काम देखिएको छैन । यदि सो समिति प्रभावकारी रुपमा मैदानमा उत्रिने हो भने व्यापारीले ठगि गर्न पाउने थिएनन् ।

एक सय ६० रुपैयाँ पर्ने खानेतेल अहिले २ सय २० सम्म पुगेको छ । खानेतेलको मुल्य बजारमा पसलै पिच्छे फरक–फरक छ । खानेतेल मात्र होइन, बजारमा अधिकांश खाद्य वस्तुको मुल्य वृद्धि गरिएको छ । उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशिल उपभोक्ता मञ्जहरु सुस्ताएका छन् । कार्यक्रममा ठुला–ठुला भाषण गरे पनि उनीको प्रभावकारिता अहिले आएर छर्लङ्ग भएको छ । केहि समयअघि व्यापारीकै पक्षमा वकालत गर्ने अधिकारवादी पनि अहिले मौन छन् । मासुको पनि मुल्यमा एक रुपता छैन । मासुको व्यापार गर्ने व्यवसायीबाट पनि उपभोक्ता ठगिएका छन् । यसैले तत्काल बजार अनुगमनको कार्यक्रमलाई अघि बढाइयोस् ।

प्रकाशित मिति : पुष २८, २०७७ मंगलबार  ५ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]