बैशाख २९, २०८२ सोमबार

सवारी सुरक्षामा चुनौति

सम्पादकीय

बिर्तामोड प्रहरीले अनुसन्धानको २४ घण्टामा चोरी भएका १४ वटा मोटरसाइकल र एउटा स्कुटी बरामत ग¥यो । चोरी भएका मोटरसाइकल र स्कुटी मात्र बरामत गरेन , चोरीमा संलग्न ७ जना युवालाई पक्राउ गर्न पनि सफल भयो । प्रहरीले पक्राउ गरेका व्यक्ति र भेटिएका सवारी मंगलवार सार्वजनिक नै गरिसकेको छ । चोरीमा संलग्न युवाहरु मात्रै छन् । त्यो पनि छिमेकी जिल्ला इलामका । सुरक्षा क्षेत्रको कडाईका विचमा पनि मोटरसाइकल चोरी गर्नेहरु व्यवसायिक नै भएको अनुमान गर्न सकिन्छ । व्यवसायिक रुपमा चोरी कार्यमा संलग्नहरुसँग प्रहरी व्यापक अनुसन्धानको जरुरी छ ।

झापाको मुख्य बजार बिर्तामोडमा व्यापक चाप छ । किनबेच र अन्य कामका शिलशिलामा बिर्तामोड आवतजावत गर्नेहरुको संख्या नगन्य मात्रामा छ । भीडभाडका कारण पनि यहाँ सुरक्षा चुनौति स्वभाविक रुपमा छ । त्यसमा पनि सवारी सुरक्षा चुनौतिपूर्ण छ । बजार क्षेत्रमा राखिएका सवारी साधन क्षणभरमै हराएका कयौं उदाहरण छन् । बजार क्षेत्र होस् या अस्पताल कतै पनि सवारीको सुरक्षा छैन । होटल, विधालयमा पनि सहजै सवारी हराएका छन् । यसर्थ, बिर्तामोडमा सवारी पार्किङ गर्न जोखिम रहेको यो घटनाले स्पष्ट बनाएको छ ।

यतिसम्म कि घरभित्र राखिएका मोटरसाइकल समेत बिर्तामोडबाट हराएको गुनासो छ । इलाम माइ नगरपालिका घर भएका अधिकांश युवाले बिर्तामोडमा डेरा बसेर काम नै चोरीको गरिरहेको यस घटनाले देखाएको छ । चोरी गर्न डेरा बस्नु मामुली कुरा होइन । यसैले यहाँका घरधनीले घरमा बस्नेका बारेमा पूर्ण विवरण राख्न जरुरी छ । आफ्नै घरमा बस्नेले ठुला अपराध गरेको सुनेकै छौं । घरधनीले विभिन्न माध्यमबाट भाडामा बस्नेका बारेमा सोधपुछ गर्नुपर्छ । अपराध कर्ममा लागेको व्यक्तिलाई आश्रय दिन हुदैन । यसैले घरधनीले सुरक्षा जोखिमलाई समेत ख्याल गर्न जरुरी छ । आफ्नो सवारीको सुरक्षाका लागि सबैले विशेष ध्यान दिऊ ।

प्रकाशित मिति : पुष २९, २०७७ बुधबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]