एकाविहानै ट्रिपरको ठक्करबाट अन्सुको मृत्यू
बिर्तामोड । ट्रिपरको ठक्करबाट आज एका विहानै पैदाल यात्रीको मृत्युु भएको छ । मेचीनगर नगरपालिका वडा नं १३ स्थित चन्द्रगढी चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को ट्रिपरले शिवाकोटीलाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । घाइते शिवाकोटीको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । त्यस्तै, १८ को राहुल बस्नेतको घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । शिवाकोटीको टाँउकोमा चोट लागेको थियो । ट्रिपर र चालक भद्रपुर– ९ का सुमन ओझालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।